Table of Contents
Table of Contents
- . नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने चार जना को को हुन् ? उत्तर: क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा.सन्दुक रुईत र महाबीर पुन हुन्।
- नेपालमा कति प्रकारका गुराँसहरु पाईन्छन्?? उत्तर: ३२ प्रकारका
- जोखिमयुक्त घर भत्काउन सरकारले काठमाण्डौ उपत्यकाका ३ जिल्लालाई कहिले एक वर्षको लागि संकटग्रस्त क्षेत्र घोषणा गर्यो ? उत्तर: २०७२ जेठ ३१
- नेपाल सरकारले आयोजना गरेको नेपालको पुननिर्माणकालागी अन्तराष्ट्रीय सम्मेलनमा अन्तराष्ट्रीय समुदायबाट चार खर्बभन्दा बढी सहयोगको प्रतिबद्धता भएको कार्यक्रम कहाँ र कहिले सम्पन्न भयो ? उत्तर: काठमाण्डौ, २०७२ असार १०
- वि•सं• २०७२ असार १० राष्ट्रीय खेलकुद परिषदको सदस्य सचिवमा को नियुक्त भए ? उत्तर: केशवकुमार विष्ट
- काठमाण्डौको मुलपानीमा आयोजित रोपाई कार्यक्रममा सहभागी हुने महिलामाथी दुर्व्यवहार गरेको आरोप पछि कृषि मन्त्री हरि प्रसाद पराजुलिले कहिले राजिनामा दिए ? उत्तर: २०७२ असार १७
- वि•सं• २०७२ जेठ २४ गते राष्ट्रीय पत्रकारिता पुरस्कार -२०७१ र ´वरिष्ठ पत्रकार सम्मान-२०७१` क-कसलाई प्रादन गरियो ? उत्तर: क्रमश:- धर्मेन्द्र झा र कुसुकेशव पराजुली(कास्की) ,तेजप्रकास पण्डित(तनहुँ), मेघराज शर्मा(पाल्पा)
- सरकारले आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक गर्यो ? उत्तर: २०७२ असार १३
- प्रधानन्यायधिस कल्याण श्रेष्ठले कहिले पदभार ग्रहण गरे ? उत्तर: २०७२ असार २३
- संयुक्त राष्ट्र संघद्धारा सन २०१५ जुलाईमा सार्वजनिक प्रतिवेदन अनुसार हाल विश्वव्यापी चरम गरिबी कति भएको अनुमान छ ? उत्तर: १२%
- विश्वको उदयिमान अर्थतन्त्र भएका राष्ट्रहरुको संगठन BRICS को सातौ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ? उत्तर: उफा(रुस)
- सन २०१५ जुन २२ मा युनेस्कोको मुख्यालय पेरिसमा कसको मुर्ती स्थापना गरिएको छ ? उत्तर: गौतम बुद्ध
- हेफर इन्टरनेसनल द्धारा स्थापित अन्तराष्ट्रीय स्तरको ´स्वर्णिम प्रतिभा पुरस्कार- २०१४` बाट सम्मानित हुने नेपाली महिला को हुन ? उत्तर: दिल कुमारी पौडेल, टिटिहिरिया-०९ बाँके
- सन २०१५ जुनमा फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरिको अल्ट्राम्याराथुनमा प्रथम स्थान हासिल गर्न सफल महिला को हुन ? उत्तर: मिरा राई, भोजपुर
- ईन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस द्धारा सन २०१५ जुनमा सार्वजनिक ग्लोबल पिस इन्डेक्स -२०१५ अनुसार विश्वको शान्त मुलुक कुन हो ? उत्तर: आइसल्याण्ड
- मिसाइल म्यान समेत मानिने भारतका पुर्व राष्ट्रपति ए पी जे अब्दुल कलाम को मृत्यु कहिले भयो? उत्तर: सन् २०१५ जुलाई २७
- नेपाल र भूटान विचको न्यूनतम दुरी कति छ? उत्तर: ३२ किलोमिटर
- नेपालका नदिहरुको कुल लम्बाई कति मानिन्छ? उत्तर: ४५०० किलोमिटर
- तलका मध्ये कुन मिल्दैन? (अरुण, तमोर, सुनकोशि ,त्रिशुली ) उत्तर: त्रिसुली
- विश्वको सर्वाधिक उचाइमा रहेको ताल कुन हो? उत्तर: तिलिचो ताल
- नेपालको पहिलो राष्ट्रिय निकुंज चितवन राष्ट्रिय निकुंज को क्षेत्रफल कति छ? उत्तर: ९३२ किलोमिटर
- 2068 को गणना अनुसार कति % जनताको मातृभाषा नेपाली छ? उत्तर: ४४.६%
- नेपालबाट सबैभन्दा बढ़ी (मुल्यमा) विदेश निकासी हुने बस्तु के हो? उत्तर: उनि कार्पेट
- दाजुको मृत्यु पछि राजा हुने शाहवंशीय अधिराजकुमार कति जना थिए? उत्तर: २ जना (राम शाह र ज्ञानेन्द्र शाह)
- गरीवी निवारण कोष कुन मंत्रालय अंतर्गत पर्दछ? उत्तर: प्रधानमन्त्री तथा मन्त्रि परिषद कार्यालय
- सर्वाधिक नगरपालिका भएको जिल्ला काठमाण्डौ मा जम्मा कति नगरपालिका छन? उत्तर: ११ वटा
- नेपालको सबभन्दा ठुलो हिमताल कुन हो? उत्तर: छो-रोल्पा हिमताल
- विश्वको सर्वाधिक उचाइमा रहेको राष्ट्रिय निकुंज कुन हो? उत्तर: सगरमाथा रा.नि
- बैदिक मत अनुसार नेपाल नामाकरण अघि यो (नेपालको) स्थानको नाम के थियो? उत्तर: हिम्वत्खंड
- महात्मा गौतम बुद्ध अगाडि कति जना बुद्ध भएको मानिन्छ? उत्तर: ६ जना
- नेपाल आउने प्रथम बुद्ध को थिए? उत्तर: विपस्वी बुद्ध
- खस जातिको आदीपुरुस कसलाई मानिन्छ? उत्तर: कश्यप ऋषि
- महाभारतको युद्ध कुन किराती राजाको पालामा भएको विश्वास गरिन्छ? उत्तर: जितेदास्ती
- GPS को पूरा रूप के हो? उत्तर: Global Positioning System
- एसियाको निलो मुटु भनेर चिनिने विश्वको सबैभन्दा गहिरो ताल कुन देशमा पर्छ? उत्तर: रसिया
- कुन किराती राजालाई गलिजंग पनि भनिन्थ्यो? उत्तर: गस्ती
- राजा मानदेवका बाबु को थिए? उत्तर: धर्मदेव
- नेपालमा दैध शासनको सुरुवात कुन राजाको पालामा भएको मानिन्छ? उत्तर: बसंतदेब
- नेपालमा इतिहासमा स्वर्णकाल मानिएको लिच्छवीकालमा कुन राजाको शासनकाललाई स्वर्ण काल मानिएको हो? उत्तर: अंशुवर्मा
- लिच्छवी वंशका अन्तिम राजा को हुन्? उत्तर: जयकामदेव
- राजा समसुद्दिनले टुक्रा टुक्रा पारि फुटाएको पशुपतिको मुर्तिको पुन:प्रतिस्थापन कुन राजाको पालामा भएको थियो? उत्तर: जयार्जुनदेब (वि.स १४०६ मा राजा जयराजदेबको पालामा फुटाएको)
- पाटन र कांतिपुर राज्यका २१ जना प्रजालाई देवताको मन्दिरमा बलि दिने भक्तपुरका राजा को थिए? उत्तर: जगत प्रकाश मल्ल
- महामारिमा परि मर्ने मल्ल राजा को थिए? उत्तर: भाष्कर मल्ल
- शाह कालमा नेपाल सरकारको सट्टा श्री ५ को सरकार लेख्न कहिले देखि सुरु गरिएको थियो? उत्तर: वि.स २०१५ वैसाख २ गते
- प्रोटिनको निर्माण कुन अम्ल बाट भएको हुन्छ? उत्तर: एमिनो एसिड
- लेख्न प्रयोग गरिने पेन्सिलको भाग के बाट बनेको हुन्छ? उत्तर: ग्रफाइट
- रोबोटको स्त्री रूपलाई के भनिन्छ? उत्तर: रोबोट्रइक्स
- भारतका ११ औं राष्ट्रपती तथा वैज्ञानिक एपिजे अब्दुल कलामको निधन कहिले भयो ? उत्तर: २०१५ जुलाई २७
- बिबादित लिपुलेक (दार्चुलाको व्यास गाविस) बारे चीन र भारतबिच कहिले सम्झौता भयो ? उत्तर: २०१५ मे ५
- अ्मेरिकि सरकारले समलींगि विवाहलाई कानुनी मान्यता कहिले प्रदान गरिएको हो ? उत्तर: २०१५ जुलाई ५
- वि•सं• २०७२ जेठ २७ गते देखि असार २ गते सम्म सञ्चालित प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रीकेट प्रतियोगिताको उपाधी कसले जित्यो ? उत्तर: क्षेत्र नं• ३ जनकपुर
- फोर्ब्सले सन २०१५ मा प्रकाशित गरेको शुचि अनुसार विश्वका सबैभन्दा धेरै कमाउने खेलाडी को हुन ? उत्तर: फ्लोइड मेवेदर, अ्मेरिकी बक्सर
- मदर टेरेसाकी उत्तरधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ? उत्तर: २०७२ असार ८
- भुकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश- २०७२`,२०७१ ´सार्बजनिक खरिद (पहिलो संसोधन) अध्यादेश-२०७१` र सहकारी (दोश्रो संसोधन)-२०७१` लाई कहिले व्यवस्थापिका संसदको बैठकले स्वीकृत गर्यो ? उत्तर: २०७२ असार १९
- राष्ट्रिय खेलकुद परिषद्को वि.सं २०७२ साउन १ मा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ? उत्तर: वि.सं २०७२ मंसिर ११ देखि १८ सम्म ( पूर्वाञ्चल )
- भुकम्पबाट शिथिल अर्थतन्त्रलाई गतिशिल बनाउँदै ६ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले आर्थिक बर्ष २०७२\७३ को बजेट कहिले प्रस्तुत गरियो ? उत्तर: वि.सं २०७२ असार २९ गते ( कुल बजेट ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार रुपैयाँ )
- फोब्र्सद्धारा सन् २०१५ जुलाई १५ मा सार्वजनिक विश्वका मूल्यवान क्लबहरुमा पहिलो स्थानमा रहन सफल क्लब कुन हो ? उत्तर: रियल म्याड्रिड
- रेपुटेसन इन्स्च्यिुटले सन् २०१५ जुलाईमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार वातावरणीय विविधता,राजनीति एवं आर्थिक तत्वलाई आधार मानी तयार पारिएको प्रतिवेदन अनुसार विश्वकै प्रशंसायोग्य मुलुक कुन हो ? उत्तर: क्यानाडा
- इरान तथा पी फाइब प्लस वान मुलुक चीन, फ्रान्स, रुस, अमेरिका, बेलायत तथा जर्मनी ) बीच इरानको पारमाणविक क्षमतालाई असैनिक उद्येश्यमा सीमित बनाउने एकिकृत सम्झौता कहिले भयो ? उत्तर: सन् २०१५ जुलाई १
- रुपन्देही,नवलपरासी र लमजुङ पूर्ण साक्षर जिल्ला कहिले घोषित भए ? उत्तर: वि.सं २०७२ असार ३१
- मोबाइलमा प्रयोग हुने SIM को पूरा रूप के हो? उत्तर: Subscriber Identity Module
- 4 युग मध्ये कुन युगलाइ iron age पनि भनिन्छ? उत्तर: कलियुग
- चार्ल्स डार्विन र अब्राहम लिंकन मा के कुराको समानता थियो? उत्तर: जन्म दिन एकै (सन् १८०९ फेब्रुअरी १३)
- कुन जलप्राणि लाइ गंगाको अवतार मानिन्छ? उत्तर: डल्फिन
- मानव शरीरको तापक्रम 30 डिग्री भन्दा कम भएको अवस्था लाई के भनिन्छ? उत्तर: हाइपोथर्मिया
- तलका मध्ये कुन जीवमा भाले र पोथी दुबै अंग हुन्छ? (गड़्यौला, भ्यागुता, सर्प, माछा) उत्तर: गड्यौला
- कुनै पनि बच्चा जन्मिदा आफनु पुर्खा मा नभएको नयाँ गुण लिएर जन्मन्छ भने त्यस्तो प्रक्रिया लाइ के भनिन्छ? उत्तर: उत्परिवर्तन
- मंदाकिनी बर्ष भनेको के हो? उत्तर: सुर्यले आफ्नु कक्षमा एक पल्ट पार गर्न लाग्ने समय
- चंद्रमा को सतहमा रहेको सबैभन्दा अग्लो शिखरलाई के नाम दिईएको छ? उत्तर: डार्फल पिक
- कुन यौगिकको कारणले गर्दा सिस्नु छुदा हात पोल्छ? उत्तर: फर्मिक एसिड (मीथानोइक् एसिड)
- सर्वप्रथम इंटरनेटमा राखिएको नेपाली पत्रिका कुन हो? उत्तर: जन्मभूमि साप्ताहिक
- कति डिग्री तापक्रममा पानीको आयतन सबैभन्दा बढ़ी हुन्छ? उत्तर: ४ डिग्री
- वायुमंडलमा सबैभन्दा बढ़ी पाउने तत्व नाइट्रोजन भए सबैभन्दा कम पाइने तत्व कुन हो? उत्तर: राडन
- पृथ्वी को आन्द्रा र माटोको इंजिनियर भनेर कुन जीवलाइ चिनिन्छ? उत्तर: गड्यौला
- इंटरनेट प्रविधिको क्षेत्रमा प्रयोग हुने ADSL को पूरा रूप के हो? उत्तर: Asymmetric Digital Subscriber Line
- जन्म देखि मृत्यु सम्म बढिरहने हाड कुन हो? उत्तर: Beauty Bone
- पृथ्वीको सतहमा सर्वाधिक पाइने तत्व कुन हो? उत्तर: अक्सिजन
- रेविज विरुद्धको सुइका आविस्कारक को हुन? उत्तर: लुइ पास्चर
- पार्वती बोकेर हिडेको रावण लाइ पार्वती फर्काउन उत्प्रेरित गर्ने विष्णु भगवानको अवतार कुन थियो? उत्तर: मोहिनी अवतार
- ज्योतिष शास्त्र अनुसार ग्रह कतिवटा छन्? उत्तर: नवग्रह
- गणेशको उत्पत्ति के बाट भएको थियो? उत्तर: शिवजीको मयल बाट
- हिन्दू धर्मवालम्वि का देवता विष्णुका 4 हातमा के के छन? उत्तर: संख, चक्र, गधा र पद्म
- दैत्य गुरु सुक्रचार्य थिए भने देव गुरु को थिए? उत्तर: बृहस्पति
- मान्छे मरेर घाटमा लैजादा बाटोमा फाल्ने अन्नलाई वुर्कि भनिन्छ भने पैसा लाई के भनिन्छ? उत्तर: टिला
- भगवान शिबले आफ्नु जटाबाट उत्पत्ति गरेका देवदेवी को को हुन्? उत्तर: वीरभद्र र महाकाली
- सतिदेवीको अंगहरु पतन भई बनेका पीठहरुको संख्या कति छन? उत्तर: ७ करोड ५० लाख
- शुक्ल यजुर्वेद मा नभएको देवनगरिक अक्षर कुन हो? उत्तर: झ
- विश्वकै पहिलो महाकाब्य भनेर कुन कृतिलाई लीने गरिन्छ? उत्तर: रामायण
- महाभारतलाई कस्ले लिपिवद्ध् गरेको मानिएको छ? उत्तर: गणेश
- इस्लाम धर्म अनुसार फतवा भनेको के हो? उत्तर: मृत्युदण्ड
- बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक भित्र रहेका 3 पक्ष के के हुन? उत्तर: सुक्तिपिटक, विनयपिटक र अभिधम्मपिटक
- गौरा पर्वको बेला खाइने गेडागुडिको मिश्रणलाई के भनिन्छ? उत्तर: विरूडा
- कलाकार अरनिकोलाई चीनया भाषामा के भनीन्थ्यो? उत्तर: आनीक
- हिन्दू धर्म अनुसार पहिलो पुरुष मनु हुन भने पहिलो महिला को हुन? उत्तर: शतरुपा
- नेपालका चार धाम भनेर कुन कुन ठाउँ लाई चिनिन्छ? उत्तर: मुक्तिक्षेत्र, रुरुक्षेत्र, पाशुपातक्षेत्र र बराहक्षेत्र
- गौतम बुद्धको मावली गाउँको नाम के हो? उत्तर: रामग्राम
- कुन चाडमा खाइने प्रसादलाई छेमार र खानालाई कुथुक भनिन्छ? उत्तर: ल्होसार
- सौर्य बर्षअनुसार को विक्रम संवत को प्रयोग अडडा अदालतमा समेत गर्ने घोषणा गर्ने प्रधानमंत्री को हुन ?? उत्तर: चंद्रशम्सेर (वि.स.१९६० देखि)
- महागुरु फाल्गुनंद को जन्म कहाँ भएको हो? उत्तर: इलाम
- सिख धर्मवालम्वि हरुको पवित्र पंक्षी कुन हो:? उत्तर: बाज
- “परोपकार पुण्याय पापाय पर पिडनम”लाई वेदब्यास द्वारा रचित कुन शास्त्रको सार मानिन्छ? उत्तर: १८ पुराण
- गुरु नानकको जन्म कहाँ भएको थियो? उत्तर: पाकिस्तानस्थित पन्जाबको तलवन्डी भन्ने ठाउँमा
- मसुलमान धर्मावलंबि कमसेकम एक पटक गर्नु पर्ने मक्का तीर्थ यात्रा लाई के भन्ने गरिन्छ? उत्तर: हज (तीर्थयात्री:हाजी)
- जीसस क्राइस्ट लाइ कुन पहाड़ मा किला ठोकेर मारिएको थियो? उत्तर: Calvary
- वेदब्यासका बाबू र आमाको नाम के के हो? उत्तर: बाबु: पराशर र आमा: मत्स्यगन्धा
- झूमा प्रथा कुन सम्प्रदायमा प्रचलित छ? उत्तर: शेर्पा(बौद्ध)
- आर्यसमाजको प्रवर्तक कसलाई मानिन्छ? उत्तर: स्वामी दयानन्द सरस्वति
- प्रसिद्द तीर्थस्थल गोसाइकुण्ड कुन पहाड़को फेदिमा अवस्थित छ? उत्तर: निलाद्री
- यज्ञ अनुष्ठान विधि उल्लेख भएको वेद कुन हो? उत्तर: यजुर्वेद
- लट्ठी लौरो बाजा कुन सिमान्तकृत जातिको लोकबाजा हो? उत्तर: राउटे
- हिन्दू धार्मिक मान्यता अनुसार मानव शरिर को लम्वाइ कति हुने विश्वास छ? उत्तर: ९६ अंगुल (यसैलाई आधार मानेर जानेमा ९६ कवच रहने मान्यता छ)
- कुम्भकर्णकी श्रीमतीको नाम के थियो? उत्तर: बज्रमाला
- धान नाचमा गाइने गितलाई के भनिन्छ? उत्तर: पालम
- राष्ट्रिय आरोग्य दिवस कहिले मनाइन्छ? उत्तर: काग तिहारको दिन
- मानिस जन्मे देखि बचुँजेल सम्मका क्रियाकलाप चित्रण गर्ने किरात जातिको नाच लाई के भनिन्छ? उत्तर: साकेला शिली
- 36 किलोमीटर लामो नगुम्पा हिमनदीको उद्गम बिन्दू कुन हिमालमा रहेको छ? उत्तर: चोयु हिमाल
- प्रसिद्द पथिभरा भगवतीको मंदिर कुन जिल्लामा रहेको छ? उत्तर: ताप्लेजुंग
- प्रसिद्द मुक्तिनाथ मंदिर कुन जिल्लामा रहेको छ? उत्तर: मुस्तांङ
- चेपांग जातिलाइ प्रजा नामाकरण कहिले गरिएको हो? उत्तर: वि.स. २०३४
- कुन जातिलाइ पाल्की बोक्ने जात पनि भनिन्छ? उत्तर: झागड
- मालश्री धुनको विशेस सम्बन्ध कुन चाड संग रहेको छ? उत्तर: दसैँ
- गाइको पुच्छरलाई शेष नागको प्रतिक मानिन्छ भने सिंग लाई के को प्रतिक मानिन्छ? उत्तर: सुमेरु र कुमेरु पर्वत
- नागा जाति कुन देशका आदिवासी जाती हुन? उत्तर: भारत
- पशुपतिमा भारतीय भट्ट पुजारी राख्ने प्रचलन कस्ले चलाएका हुन? उत्तर: आदि शंकराचार्य (८ औ शताब्दीमा)
- कुन साहित्यकार लाई कृष्ण द्वैपायन पनि भनिन्छ? उत्तर: वेदब्यास
- लक्ष्मी प्रसाद देवकोटाको पुस्तक मुनामदन पहिलो पटक कहिले प्रकाशित भएको थियो? उत्तर: वि.स. १९९६
- शब्द् विद्या र चंद्र ब्याकरणका का रचनाकार को हुन? उत्तर: अंशुवर्मा
- नेपाली साहित्यमा वेदब्यास उपनामले चिनिने साहित्यकार को हुन? उत्तर: हेमांग दीक्षित
- 3 पटक मदन पुरस्कार पाउन सफल सत्यमोहन जोशीको सबैभन्दा पाहिले सो पुरस्कार जित्न सफल कृति कुन हो? उत्तर: हाम्रो लोक संस्कृति (वि.स. २०१४)
- प्रथम पटक प्रकाशित हुँदा गोरखापत्रको मूल्य कति राखिएको थियो? उत्तर: ४ मोहोर
- रामयणमा काण्ड, महाभारतमा पर्व भए झै पूराणमा के हुन्छ? उत्तर: स्कन्द
- भूपी शेरचनको नवारान्को नाम के थियो? उत्तर: भाग्यमान शेरचन
- तुलशिलाई आध्यात्मिक भाषामा के भनिन्छ? उत्तर: विष्णुप्रिया
- नेपाली भाषा साहित्यको पहिलो नारी सिर्जना मानिने “राजधर्म” की रचयिता को हुन? उत्तर: ललितत्रिपुरासुन्दरी
- शिलालेख सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ? उत्तर: इपिग्राफी
- कुन लिपिलाई नेपालकै पहिलो लिपि मानिन्छ? उत्तर: ब्राह्मी लिपि
- नेवारी साहित्यका महाकवि भनेर कसलाई चिनिन्छ? उत्तर: सिद्दिदास अमात्य
- नेपाली साहित्यकार “घटोत्कच” को वास्तविक नाम के हो? उत्तर: बालमुकुन्ददेब पाण्डे
- सबैभन्दा बढ़ी अर्थ लाग्ने अंग्रेजी शब्द कुन हो? उत्तर: SET
- तिब्बती भाषामा ल्होसारको अर्थ के हुन्छ? उत्तर: नयाँ बर्ष
- let’s visit to Nepal कृति कसको रचना हो? उत्तर: आंग सांग सुची
- साहित्यकार धुस्वा सायमिको वास्तविक नाम के हो? उत्तर: गोविन्दबहादुर मानन्धर
- स्वर्गको दरबार पुस्तकका लेखक को हुन? उत्तर: सुक्रराज शास्त्री
- सेतो गुराँस लाई के भनिन्छ? उत्तर: चिमाली
- द्वन्द कालीन परिस्थिति मा आधारित उपन्याश “पल्पशा क्याफेका” लेखक को हुन? उत्तर: नारायण वाग्ले
- भूतको भिनाजु भनेर कसलाई चिनिन्छ? उत्तर: बासुदेब लुइँटेल
- कोइलिको स्वरलाई के भनिन्छ? उत्तर: पंचम
- नेपाली साहित्यका सताब्दी पुरुष को हुन? उत्तर: सत्यमोहन जोशी
- सबैभन्दा पहिले गित रेकर्ड गराउने नेपाली गायक को हुन्? उत्तर: सेतुराम
- आयमेली कवी भनेर कसलाई चिनिन्छ? उत्तर: तिलविक्रम नेम्वांग
- राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढी बोलिने ५ मातृभाषा कुन कुन हुन्? उत्तर: नेपालि, मैथिली, भोजपुरी, थारु र तामांग
- कानुनि रुपमा नेपाली खस भाषाले नेपालको राष्ट्रभाषाको मान्यता कहिले प्राप्त गर्यो? उत्तर: वि.स २०१५ मा
- नेपालमै प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका कुन हो? उत्तर: सुधासागर
- “वेदमा के छ” नामक पुस्तकका लेखक को हुन्? उत्तर: स्वामी प्रपन्नाचार्य
- नेवारी साहित्यको उर्वर काल भनेर कुन समयलाई चिनिन्छ? उत्तर: मल्ल काल
- नेवारी भाषाको पहिलो कवी कसलाई मानिन्छ? उत्तर: महेन्द्र मल्ल
- साझा पुरस्कारको स्थापना कहिले भएको हो? उत्तर: वि.स. २०२६ साल
- पृथ्वी प्रज्ञा पुरस्कार कति कति बर्षमा प्रदान गरिन्छ? उत्तर: ४/४ बर्षमा
- युवा बर्ष मोति पुरस्कार कति बर्षभन्दा कम उमेरका भाषा एवं साहित्यसेवीलाई प्रदान गरिन्छ? उत्तर: ४० बर्ष
- मदन पुरस्कार प्राप्त गर्ने एकै परिवारका सदस्य को को हुन्? उत्तर: धनुषचन्द्र गौतम (२०३५, घामका पाइलाहरु) र ध्रुवचन्द्र गौतम (२०४०, अलिखित)
- सिंह दरबार कुन विदेसी दरबारको अनुकरण गरि बनाइएको मानिन्छ? उत्तर: भर्सिलेज दरबार
- रोजर फेडेरर कुन खेल संग सम्बन्धित छन्? उत्तर: टेनिस
- कुन देशलाई क्रिकेटको घर भनि चिनिन्छ? उत्तर: बेलायत
- विश्वको सबैभन्दा पुरानु मानिने पोलो खेलको सुरुवात कुन देशबाट भएको हो? उत्तर: इरान
- राजस्व चुहावट ऐन. २०५२ अनुसार राजस्व भन्नाले के बुझिन्छ? उत्तर: कानुन बमोजिम सरकारलाई तिर्नु वा बुझाउनु पर्ने भन्सार, महसुल, अन्त-सुल्क, आयकर, मुल्य अभिब्रिद्दी कर, सवारी साधन कर, घर जग्गा बहाल कर, सम्पत्ति कर वा घरजग्गा रजिस्ट्रेसन दस्तुरका साथै प्रचलित कानुन बमोजिम लाग्ने अन्य कर तथा गैरकर राजस्व
- विद्युतधाराको आधारभूत एकाइ एम्पियर हो भने तापक्रमको आधारभूत एकाइ के हो? उत्तर: केल्भिन
- प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा दुइ माध्यम छुट्टिने बिन्दुमा बांगीएर जाने क्रियालाई के भनिन्छ? उत्तर: प्रकासको आवर्तन
- “कुशल शासकहरु भविष्यको सोचाइ गर्छन, तर नेताहरुलाई चुनावको मात्र चिन्ता हुन्छ” यो भनाइ कसको हो? उत्तर: अब्राहम लिंकन
- सगरमाथा राष्ट्रिय निकुन्जलाई विश्वसम्पदा सुचिमा कहिले सुचिकृत गरिएको हो? उत्तर: सन् १९७९
- लामो समयको तयारि पछी पशुपति क्षेत्रमा विद्युतीय शवदाह गृह संचालन कहिले देखि सुरु भयो? उत्तर: वि.स. २०७२ माघ १० गते
- नेपालको संविधान २०७२ ले निर्वाचन क्षेत्रको सम्बन्धमा कस्तो व्यवस्था गरेको छ? उत्तर: जनसंख्यालाई मुख्य र भूगोललाई दोश्रो आधार मानि संघीय कानुनबमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिने र प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र रहने
- तेश्रो जीवनस्तर मापन सर्वेक्षण अनुसार नेपालमा कृषिमा आश्रित जनसंख्या कति % रहेको छ? उत्तर: ७४%
- प्रसिद्द रानी महल दरबार कहाँ रहेको छ? उत्तर: पाल्पा
- नेपालमा निशुल्क प्रशुती सेवा कहिले देखि प्रदान गर्न थालिएको हो? उत्तर: वि.स २०६५ माघ १ गते
- हाल नेपाल राजपत्रमा कति भाग छन्? उत्तर: ६ भाग
- सबैभन्दा बढी गुम्बा भएको जिल्ला कुन हो? उत्तर: सोलुखुम्बु
- नेपालको पहिलो दुतावास कहाँ खोलिएको थियो? उत्तर: बेलायत
- सार्वजनिक प्रशासनमा O and M को पुरा रुप के हो? उत्तर: Organization and Management
- बालबालिका हकहितका लागि परिलक्षित बालअधिकारसम्बन्धि महासन्धिलाई नेपालले कहिले अनुमोदन गर्यो? उत्तर: वि.स. २०४७ भदौ २९ गते
- सुर्यबाट सबैभन्दा नजिक रहेको ग्रह कुन हो? उत्तर: बुध
- सूर्यलाई सम्पूर्ण रुपमा ढाक्ने ग्रहणलाई खग्रास सुर्यग्रहण भनिन्छ भने सुर्यको केहि अंश मात्र ढाक्ने ग्रहणलाई के भनिन्छ? उत्तर: खण्डग्रास सुर्यग्रहण
- पृथ्वीको उत्पत्ति सम्बन्धि वायवीय राशी(The gaseous theory) प्रस्तुत गर्ने विद्वान को हुन्? उत्तर: इमानुयल कान्ट
- विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो? उत्तर: म्याग्दीमा कालिगण्डकीनदीले बनाएको गल्छी
- अस्ट्रेलियामा पाइने घासे मैदानलाई के भनिन्छ? उत्तर: डाउन्स
- नेपाल कति डिग्री अक्षांश र देशान्तर विच अवस्थित छ? उत्तर: २६ डिग्री २२ मिनट देखि ३० डिग्री २७ मिनट उत्तरी अक्षम्श सम्म र ८० डिग्री ४ मिनट देखि ८८ डिग्री १२ मिनट पूर्वी देशान्तर सम्म
- कोशी नदीको औशत जलप्रवाह कति रहेको छ? उत्तर: १५६४ क्युविक मिटर प्रतिसेकेन्ड
- इन्द्र सरोवर कहाँ रहेको छ? उत्तर: मकवानपुर
- सन् २०१६ जनवरीमा सम्पन्न बंगबन्धु गोल्डकप उपाधि कसले जित्यो? उत्तर: नेपाल
- कुसुमपुरी कुन जिल्लाको पुरानो नाम हो? उत्तर: पर्वत
- प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो? उत्तर: सन् १९१४ जुलाई २८
- गोपालवंशीहरु पछी नेपालमा कुन वंशको शासन चलेको थियो? उत्तर: अहिरवंशी
- भगवान बुद्धले पहिरने गेरुवा रंगको वस्त्रलाई के भनिन्छ? उत्तर: चिवर
- नेपालि कविताको क्षेत्रमा प्रयोगवादी धारको सुत्रपात गर्ने कवी को हुन्? उत्तर: मोहन कोइराला
- प्रथम विश्वयुद्ध पछी गठन भएको अन्तराष्ट्रिय स्तरको संगठन कुन थियो? उत्तर: राष्ट्र संघ
- UNO को सुधार सम्बन्धि Quiet Revolution नामक प्रतिवेदन पेस गर्ने संयुक्त राष्ट्र संघका महासचिव को हुन्? उत्तर: कोफी अन्नान
- आनुवंशिक विविधता भनेको के हो? उत्तर: कुनै जीवको आफ्नै समुहभित्र एकापसबीच देखिने वंशानुगत विविधता र यसै जीवको एउटा समूहदेखि अर्को समूह अर्थात् समूह समुह बीच देखिने समुहगत विविधता
- नेपालको बुद्ध एयर र बंगलादेशको नोभो एयरविच विमान मर्मतसम्भार सम्झौता कहिले भयो? उत्तर: सन् २०१६ जनवरी २२
- हाल नेपाल सरकारले प्रयोग गर्ने निसाना छाप कसले तयार परेको हो? उत्तर: नबिन्द्रमान राज भण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठ
- वरिस्ठ साहित्यकार मिर्जा गालिव कुन भाषा संग सम्बन्धित छन्? उत्तर: उर्दु
- लिच्छविकालमा प्रधान न्यायाधिसलाई के भनिन्थ्यो? उत्तर: महासर्वदण्डनायक
- बेडेन पावेल स्काउट पिक कुन जिल्लामा छ? उत्तर: रसुवा
- मसिने चौर विमानस्थल कुन जिल्लामा पर्छ? उत्तर: डोल्पा जिल्ला
- परियोजनाका रुपमा स्थापित नेपाल टेलिभिजन कहिले सस्थानमा रुपान्तरित भयो? उत्तर: २०४२ पौष १२ गते
- विश्व प्रसिद्द पुस्तक गिनिज बुकको पहिलो प्रकाशन कहिले भएको थियो? उत्तर: सन् १९५५ अगस्त २७
- वि.स. २०१६ साल भन्दा अगाडी नेपाली नोट प्रकाशनको कार्य कहाँ बाट गरिन्थ्यो? उत्तर: सदर मुलुकीखानाबाट
- मगर जातिमा रहेको छोराछोरी बेच्ने तथा भाउजु, सानिमा बेहोर्ने चलनमाथि प्रतिबन्ध लगाउने प्रधानमन्त्री को हुन्? उत्तर: भीमसेन थापा
- नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिले भएको हो? उत्तर: १९५५ डिसेम्बर १४
- चीन भ्रमण गर्ने पहिलो प्रधानमन्त्री को हुन्? उत्तर: टंक प्रसाद आचार्य
- वेद पाठ गर्दा ब्राह्मणको मुखबाट निस्केको थुकको छिटालाई के भनिन्छ? उत्तर: ब्रह्मबिन्दु
- रोमन संख्यामा कुन अंक हुदैन? उत्तर: सुन्य
- खाने आहार पाएपछि आशु खसाल्ने जीव कुन हो? उत्तर: गोही
- माथिल्लो जातकी केटि र तल्लो जातको केटाबीच हुने विवाहलाई के भनिन्छ? उत्तर: प्रतिलोम
- पियानोको आविस्कार कुन देशमा भएको हो? उत्तर: इटाली
- सर्वप्रथम “जय नेपाल” शब्द प्रयोग गर्ने व्यक्ति को हुन्? उत्तर: सुक्रराज शास्त्री
- नेपाललाइ द्वापरयुगमा के भनिन्थ्यो? उत्तर: मुक्तिसोपान
- धरान-विराटनगर सडकखण्डको नाम के राखिएको छ? उत्तर: भक्ति मार्ग
- नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज कुन हो? उत्तर: सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज
- कर्णका पिता सुर्य हुन् भने माता को हुन्? उत्तर: कुन्ती
- चिकित्सा विज्ञानको लागि महत्वपूर्ण मानिएको एक्स-रेका अविस्कारक को हुन्? उत्तर: Wilhelm Rontgen
- विधवाले लगाउने धातुको चुरालाई के भनिन्छ? उत्तर: रैया
- RED GIANTS भन्नाले के बुझिन्छ? उत्तर: अन्त्य अवस्थामा पुगेको तारा
- वि.सं २०७२ असारसम्मको तथ्यांकअनुसार नगद प्रवाहमा आधारित सरकारी खर्च कति पुगेको छ? उत्तर: रु ४४० अर्ब ९९ करोड
- भूकम्पपछिको पुननिर्माण अभियानमा सहयोग पुर्याउन र ६ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य भेट्टाउने योजनासहित नेपाल राष्ट्र बैंकले आ.व २०७२\७३ को मौद्रिक नीति कहिले सार्वजनिक गर्यो ? उत्तर: वि.सं २०७२ साउन ७ गते
- निजामती कर्मचारी कल्याणकारी कोष नियमावली,२०७२ अनुसार हरेक महिना कर्मचारीको तलबबाट कति प्रतिशत रकम कट्टा गरी जम्मा गरिने व्यवस्था छ ? उत्तर: ०.५ प्रतिशत
- नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) द्धारा वि• सं• २०७२ मा प्रदान गरिने उत्कृष्ट लेखा प्रस्तुती सम्मानबाट सम्मानित हुने बाणिज्य बैंक कुन हो ? उत्तर: नेपाल बैंक लिमिटेड
- नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान) द्धारा वि• सं• २०७२ मा प्रदान गरिने विकास बैंक तथा वित्त कम्पनी समुहमध्येको उत्कृष्ट वित्तिय प्रतिवेदन पुरस्कार “बेस्ट प्रीजेन्टेड एकाउन्टस अवार्ड- २०१४” कुन संस्थाले प्राप्त गर्यो ? उत्तर: कैलाश विकास बैंक
- ग्लोबल फाईनान्सद्धारा सन २०१५ जुलाई २० मा अ्मेरिकाको न्युयोर्कमा घोषणा गरिएको एसिया प्रशान्त क्षेत्रीय समूह अन्तर्गत ´कन्जुमर डिजिटल बैंक अवार्ड` कसले प्राप्त गर्यो ? उत्तर: स्टान्डर्ड चार्टर बैंक, नेपाल
- आ•व• २०७१/७२ को आर्थिक सर्बेक्षण अनुसार चालू आ•व•को यथार्थ कूल गार्ह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ? उत्तर: ३३•१ %
- वि•सं• २०७२ साउन १२ मा बितरित राष्ट्रीय चलचित्र पुरस्कार मा उत्कृष्ट चलचित्रको उपाधी कुन चलचित्रले प्राप्त गर्यो ? उत्तर: कबड्डी
- नेपाल वायु सेवा निगम द्धारा वि•सं• २०७२ बैशाख १८ मा ल्याएको दोश्रो एयरबस ए -३२० लाई के नामाकरण गरिएको छ ? उत्तर: लुम्बिनि
- सन २०१५ अप्रील ९-११ सम्म अ्मेरिकामा भएको पानी प्रशोधन सम्बन्धी उत्कृष्ट हुने वैज्ञानिक को हुन ? उत्तर: एमपि भट्ट
- निजामती सेवा ऐन २०४९ को चौथो संसोधन कहिले भएको हो ? उत्तर: वि•सं• २०७२ असार २९
- लोकसेवा आयोगले कहिले बाट लागू हुनेगरि अप्राविधिक तर्फ राजपत्र अनङिकत प्रथम श्रेणी (नायब सुब्बा) र द्धितिय श्रेणी (खरिदार) पदको लागि कहिले देखि प्रवेस परिक्षाको व्यवस्था गरेको छ ? उत्तर: आ•व• २०७२/७३
- क्याटो वर्ल्ड वाटर ग्रान्ड प्राईज-२०१५ (राशी २० हजार अ्मेरिकी डलर ) बाट सम्मानित हुने संस्था कुन हो ? उत्तर: वातावरण तथा जनस्वास्थ्य सघंठन (एन्फो)
- रुपन्देहिको भैरहवामा डिजास्टर रिकभरी सेन्टरको स्थापना कहिले भयो ? उत्तर: वि•सं• २०७१ साउन ११
- हाल नेपालमा ´क`, ´ख`, ´ग` र ´घ` वर्गका वैंक तथा वित्तिय संस्थाहरु कति रहेका छन ? उत्तर: क्रमश ३०, ७६, ४८ र ३९
- राष्ट्रीय प्रतिभा पुरस्कारबाट सम्मानित हुने खेलाडी को- को हुन ? उत्तर: विमला तामाङ्ग (कराते) ,सोमपाल कामी (क्रीकेट), दिवाश श्रेष्ठ (बक्सिङ्ग), ज्ञानी चुनारा( तेक्वान्दो), विनिता बुढाथोकी (भलिबल),विक्रम बहादुर रानामगर, केशरी चौधरी, प्रमिला चौधरी र सुनिल चौधरी (एथलेटिक्स)
- भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्रीसहितका शीर्ष नेता एवं चर्चित कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल कहिले भयो ? उत्तर: वि.सं २०७२ जेठ २३
- सन् २०१५ मे २९ मा फिफाको अध्यक्षमा निर्वाचित भएका सेप ब्लाटरले एक साता नबित्दै कहिले आफ्नो पदबाट राजिनामा दिए ? उत्तर: सन् २०१५ जुन २
- सन् २०१५ जुन ११ देखि जुलाई ४ सम्म चिलीमा सम्पन्न कोपा अमेरिका फुटबल– २०१५ को उपाधि कसले जित्यो ? उत्तर: चिली
- राष्ट्रिय सहकारी सङ्घ द्वारा प्रदान गरिएको २०७१ सालको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित हुने संस्था कुन हो ? उत्तर: ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी
- नेपाल उद्योग वाणिज्य महासङ्घको वि.सं. २०७२ असार १८ मा राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न विशेष साधारण सभाले अध्यक्ष पदमा कसलाई चयन गर्यो ? उत्तर: पशुपति मुरारका
- वैदेशिक ऋण (बेल आउट प्याकेज) लिने कि नलिने भन्ने सम्बन्धमा सन् २०१५ जुलाई ५ मा ग्रीसमा सम्पन्न जनमत सङ्ग्रहमा ऋण लिनु हुँदैन भन्ने पक्षमा कति प्रतिशत मत प्राप्त भएको छ ? उत्तर: ६० प्रतिशत